सफल मौरी पालनमा तपाईँलाई हार्दिक स्वागत छ।
इटहरी, नेपालमा अवस्थित सफल मौरी पालनले विगत १० वर्षभन्दा बढी समयदेखि आधुनिक, दिगो र वैज्ञानिक मौरीपालन गर्दै आएको छ।
हामी Apis Mellifera प्रजातिका मौरीहरूलाई आधुनिक तरिकाबाट पालन–पोषण गर्छौं, जसले मौरीहरूको स्वास्थ्य र उत्पादन दुवै उच्च स्तरमा राख्छ।
दशकभन्दा धेरै अनुभवसहित, हामी हाल हरेक वर्ष १०–१५ टन शुद्ध मह उत्पादन गर्दै आएका छौँ।
हाम्रो मह विभिन्न प्राकृतिक फूल र बोटबिरुवाबाट संकलित हुने भएकाले प्रत्येक प्रकारको महमा छुट्टै
स्वाद, सुगन्ध र गुण पाइन्छ।